विजय लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिसत लाभांश पारित

काठमाडौं, २९ पुस । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारण सम्पन्न भएको छ ।सभाले आ.व. ०७६/०७७ को नाफाबाट २० प्रतिसत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तिय संस्थाको पौष २९ गते विजय विकास स्रोत केन्द्र गैडाकोटमा सम्पन्न साधारण सभाले १९ प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छ । साथै सभाले संस्थाको कायम जारी तथा चुक्ता पुँजीमा १९ प्रतिसतले बृद्धि गरी रु.२६ करोड ६५ लाख ९७ हजार ४८५ पुर्याउने प्रस्ताव पारित भएको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.ब. २०७६/०७७ को संचालक समितिको प्रतिवेदन , २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा /नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।
उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त सभाले बित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्नेलगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्योयोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त बार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदनमाथि शेयर धनिहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।

कार्यक्रमको संचालन संस्थाका नायव कार्यकारी अधिकृत÷कम्पनि सचिव नारायण सापकोटाले गर्नु भएको थियो । कोभिड १९ को कारण हुनसक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्