सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ, माघ १ । विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्