हेर्नुहोस अनुजा पुडासैनीको स्वरमा रहेको वियोगान्त गीत ‘मन परेको मान्छे’ (भिडियोसहित)

 

पार्वती पाठक , काठमाडौं, माघ २ गायीका अनुजा पुडासैनीको निकै सुमधुर आवाजमा रहेको लोकदोहोरी गीत ‘मन परेको मान्छे’ सार्वजनीक भएको छ । गीत हिजो मात्रै बजारमा आएको हो । पुडासैनी सँगै गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक राजु परियारको स्वर रहेको छ ।

निकै वियोगान्त गीतमा माया प्रेम सम्बन्ध्किा शब्दहरुले भरिएका छन् । माया प्रेम लगाउँछन कतिपयएको त्यो प्रेम सफल हुन्छ भने कतिपयले गुमाउन पर्ने बाध्य हुन्छ । विभिन्न बाध्यता, परिस्थितिले गर्दा चोखो प्रेम गर्नेहरुले छुटिन पर्ने अवस्था आउन जान्छ र त्यो प्रेम सफल भएको हुँदैन, यो गीतमा पनि यस्तै यस्तै भावुक शब्द छन् ।

यो वियोगान्त गीत सुन्दा कसको आँखा नरसाउला र , गीत सुन्दा साच्चै ति माया प्रेममा छुटेकाहरुले एकचोटी बिगतलाई त सम्झे होलान नै । गीतमा आवाजको त के कुरा गर्नु त्यहि आवाज र शब्दले त सुन्ने जतिलाई भावुकता नै बनाउँछ होला । गायीका अनुजा पुडासैनीको आवज पनि त्यतिकै उत्कृष्ठ छ अब राजु परियारको त के कुरा गर्नु गीतका राजा नै हुन् ।

त्यसैगरी गीतनमा बबिता बानियाँ जेरीको लय तथा शब्द सिर्जना रहेको छ भने अञ्जली अधिकारी र शंकर क्षेत्रीको सशक्त अभिनय यस गीतमा देख्न सकीन्छ ।

सुरेश श्रेष्ठको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा गीत तयार भएको हो भने स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन। बबिता बानियाँ (जेरी)को आधिकारिक युटुब च्यानलमा गीत बजारमा आएको हो ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्