चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

काठमाडौं , माघ २ । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको हो ।

महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणका अनुसार चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।

मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए भने विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

आफन्तले उपचारमा अस्पतालले लारबाही गरेको भन्दै शवसमेत बुझ्न मानेका थिएनन् । तर, अस्पताल र आफन्तबीच हालै समझदारी भइसकेको कालिमाटीका डीएसपी अपिलराज बोहोराले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्