थप २७० जनामा कोरोना संक्रमण पुष्टि , ५ जना संक्रमितको मृत्यु

कठमाडौं , माघ २ । पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९० जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । जसमध्ये २ लाख ६० हजार ५६७ जना निको भएका छन् भने ४ हजार ३०१ ज्ना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९ सय ४८ पुगेको छ ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण भएकाको संख्या भने २० लाख ५ हजार १२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्