संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन, कुन नेताले कहाँ गरे सम्बोधन ?

काठमाडौँ, माघ ३ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर नै प्रदर्शन गरेको छ ।

७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताए ।

विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागी भएका सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई तथा आभार व्यक्त गरेका छन् । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्