पिएम कपमा प्रदेश १ माथि एपीएफको फराकिलो जित, अविनाशले ५ विकेट

काठमाडौँ , माघ ४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट कप प्रतियोगिता अन्तर्गत एपीएफले विजयी शुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेको हो ।एपीएफले दिएको २४४ रनको लक्ष्य पछाएको प्रदेश १ ले ४२।४ ओभरमा १०८ रन बनाएर अलआउट भएको थियो ।

प्रदेश १ का लागि मिनाष थापाले सर्बाधिक १८ रन बनाए भने फिर्दोश अन्सारीले १७ रन बनाए । त्यस्तै दिपेश कँडेलले १६ रन बनाए भने दीपक पासवानले १३ र जोसका खड्काएल १२ रन बनाए ।

त्यस्तै एपीएफका बलर अविनाश बोहोराले ५ विकेट लिएका छन् । अविनाशले १० ओभरमा ६ मेडनसहित १८ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै बसन्त रेग्मीले १० ओभरमा ३ मेडनसहित १३ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै किशोर महतो र शरद भेस्वाकरले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ४८।४ ओभरमा अल आउट हुदै २४३ रन बनाएको थियो ।

एपीएफका लागि असिफ सेखले सर्बाधिक ५९ रन बनाएका थिए । त्यस्तै बसन्त रेग्मीले ४० रन बनाए भने सन्दीप जोराले ३०, कप्तान शरद भेस्वाकरले २०, सुबाश खकुरेलले १९, सुमित महर्जनले १४ रनको योगदान दिएका थिए ।

त्यस्तै प्रदीप ऐरी र भुवन कार्कीले ७(७ रन बनाए भने कमल सिंह ऐरीले ५ रन बनाए । त्यस्तै किशोर महतोले १९ रन बनाए भने अविनाश बोहोराले ६ रन बनाएका थिए ।

त्यसैगरी प्रदेश १ का बलर फिर्दोस अन्सारी, दिपेस कँडेल, श्रवण यादव र हेमन्त राईले २(२ विकेट लिएका थिए । त्यस्तै सोनु मण्डल र जोसाक खड्काले एक एक विकेट लिएका थिए ।

पिएम कप अन्तर्गत अब आइतबार दुई खेल हुने छन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच तथा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्