घट्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ, माघ ४ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९२ हजार ५ सयमा कारोबार भएको छापवाल सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा चाँदी ३० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्