सोलुखुम्बुमा टिपर दुर्घटना : तीनजनाको घटना स्थलमै मृत्यु

काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका-४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्