आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, माघ ५ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज तोलाको १२ सय ३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्