एम्बुलेन्स र अटो ठोक्किँदा २ जनाको मृत्यु , ३ जना घाइते

काठमाडौं, माघ ५ । झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा २ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्