प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले दर्ता गर्‍यो पहिलो जित

काठमाडौं, माघ ५ । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

विशाल पौडेल र अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनमा गण्डकीले जित दर्ता गरेको हो ।

पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गर्दै जित्न सफल भएको हो ।

प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेटको क्षतिमा भेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्