पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो ।

यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४४१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ६९पुगेको छ ।
अब कोरोना संक्रमितको संख्यमा घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्