बढ्यो सुनको मुल्य , आज कति पुग्यो तोलाको ?

काठमाडौँ , काठमाडौं, माघ ७ । नेपाली सुनचाँदी बजारमा आज मुल्यमा वृद्धि भएको छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला ५ सयले बढेर प्रतितोला ९२ हजार ५ सयले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएय्को छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्