प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले हात पार्‍यो पहिलो जित

काठमाडौं, माघ ७ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सुनिल धमाला र कुशल भुर्तेलको उत्कृष्ट साझेदारीमा पहिलो जित दर्ता गरेको हो ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै जित हात पार्न सफल भएको हो ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै पुलिसले २ खेलमा २ अंक जोडेको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्