काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं, माघ ७ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। भोला थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ। थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन्।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो। जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए।

थापा काठमाडौँ विश्वविद्यालको तेस्रो उपकुलपति हुन्। संस्थापक उपकुलपतिमा सुरेशराज शर्मा रहेका थिए।तीन सदस्यीय सिफारिस समितिमा संस्थापक उपकुलपति शर्माको अतिरिक्त पूर्व सभामुख तथा विश्वविद्यालयका बोर्ड सदस्य दमनाथ ढुंगाना पनि रहेका थिए।

माकजु दुई कार्यकाल उपकुलपति भइसकेको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले उनलाई नदोहोर्‍याउन सरकारसँग माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्