ब्लड क्यान्सरबाट पीडीत हुनुुहुन्छ ? यसरी बच्न सकिन्छ

काठमाडौं , माघ ७ । रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो ।

ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुने गर्दछ । बढ्दो उमेर, धुम्रपान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्लड क्यान्सर लाग्ने गर्दछ । जसका कारण मानिसको शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्दछ ।

यदि समयमै ब्लड क्यान्सरका संकेत पहिचान गरी उपचार गर्न सकियो भने यसको खतरालाई कम गर्न सकिन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ ब्लड क्यान्सर ?

उमेर अनुसार फरक–फरक ब्लड क्यान्सर हुने गर्दछ । बच्चाहरूमा एएलएल ब्लड क्यान्सर हुन्छ । त्यसको पूरा रूप एक्युट लुक्यिमिया प्लास्टिक लिथोमिया हो । युवा–युवतीमा सिएलएल ब्लड क्यान्सर अर्थात् क्रोनिक लुिक्यमिया हुने गर्दछ । त्यसैगरी, बुढाबुढी भएका मानिरुलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया, मल्टिपल मायलोमा हुने गर्दछ ।

ब्लड क्यान्सर हुने प्रमुख कारण

– अस्वस्थ खानपान ।

– अत्यधिक मात्रामा मध्यपान र धुम्रपान ।

– हेपाटाइटिस बी, सी र एचआइभीको संक्रमण ।

लक्षणहरू

– रक्तअल्पता हुने ।
– लामो समयसम्म शरीरका हाडर्जोनी दुखिरहने ।
– बढी थकाइ लाग्ने ।
– शरीरका विभिन्न भागमा नीलडाम देखिने ।
– लगातार रूपमा छाला चिलाइरहने ।
– तीव्र गतिमा तौल घट्ने ।
– स्वास फेर्न गाह्रो हुने ।
– कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठीक नहुने ।

बच्ने उपाय

– विशेषगरी खानपानमा ध्यान दिने ।
– स्वास्थ्यबद्र्धक खानेकुरा खाने तथा स्वस्थकर जीवनशैली अपनाउने ।
– शरीरलाई चलायमान राख्ने ।
– धुम्रपान र मध्यपान गर्दै नगर्ने ।
– माथिका लक्षण देखा परेमा तुरुन्तै चिकित्सकलाई देखाउने ।

प्रतिक्रिया दिनुहोस्