नेप्सेमा करेक्सन : १५ अंकले बढ्दा छ अर्ब २१ करोको कारोवार

काठमाडौं , माघ ७ । अघिल्लो दिन घटेको नेप्सेमा आज भने करेक्सन देखिएको छ । आज बुधबार नेप्से १५ दसमलव ८७ अंकले बढेर २३ सय ४२ दसमलव ७६ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १८ अंकले बढेर चार सय ४३ बिन्दुमा चढेको छ ।

दुई सय ११ वटा कमपनीहरुको ५३ हजार तीन सय ३४ वटा कारोवारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेकाछन भने सात वटाको बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ४३ अंकले घटेर १७ सय २७ दसमलव ८९ बिन्दुमा झर्दा होटल, ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने एक सय ८५ दसमलव ९८ अंकले बढेर १० हजार नौ सय ४२ दसमलव आठ बिन्दुमा चढेकोमा बिकास बैक, जलबिद्युत, जीवन बीमा, फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९४ प्रतिसतले बढेर एक सय ७७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ९५ प्रतिसतले घटेर ३१ सय ३६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ८५ रुपैयाँ अन्तिम मुल्यमा ६१ करोड ४० लाख ८९ हजार पाँच सय छ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्