प्रधानमन्त्री कपः एपीएफको लगातार दोस्रो जित

काठमाण्डौ, माघ ८ । विभागीय टोली एपीएफले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । समूह ए अन्तर्गत बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गरको हो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए ।यो जितसँगै समूह ए को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । यता प्रतियोगितामा तेस्रो हार बेहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्