संविधान र गणतन्त्रको रक्षाका लागि राजनैतिक लडाईं लडिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको बताएका छन्।

बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको उलेख्ख गरे ।

आफुहरुले लडेर ल्याएको संविधानको रक्षा गर्न तथा संधीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताए । साथै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य पहिल्याएर अगाडि बढेको उनको भनाइ रहेको थियो ।

प्रधानमन्त्री ओलीले संसद्मा पुनः सांसद किनबेच हुने अवस्था सिर्जना गर्न लागिएको समेत बताए ।
उनले समृद्धिको आकाङ्क्षा पूरा गर्न शक्तिशाली पार्टी निर्माण गर्न लागिएको तर त्यो प्रयास सफल हुन नसकेको बताए ।

यस्तै ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गरेका छन् ।

उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताए ।भेलालाई सम्बोधन गर्दै उनले पेरिसडाँडाम जस्तो कालो झण्डा फहराउने नभई रातो झण्डा फहराउने भएको बताए ।

प्रतिक्रिया दिनुहोस्