माधव नेपालले गरे ओलीलाई साधारण सदस्यबाट हटाउने घोषणा

काठमाडौं, माघ ८ । पछिल्लो समय नेकपा दुई समुहमा विभाजित भएपछि एकअर्कालाई कारवाही तथा हटाउने , नियुक्त गर्ने कार्य चलीरहेको छ ।

नेकपा विवाद केन्द्रमा मात्रै नभएर प्रदेशमा समेत पुगीसकेको छ । यसैबीच नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो घोषणा गरेका हुन् । उनले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरे ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

साथै नेपालले तीनदिन अघि आफुहरुले बालुवाटारमा चिठी पठाएरु स्पष्टिकरण मागेको तर ओलीले जवापल दिन आटै नगरेको उनले बताए ।

आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्