भारतमा कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा भिषण आगलागी

काठमाडौं, माघ ८ । भारतमा कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा आगलागी भएको छ । नयाँ प्लान्ट इंस्टीट्यूटको टर्मिनल १ मा आगलागी भएको हो । आगो दमकलले आगो निभाइरहेको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप अहिले भारतमा बनेर नेपाल सहित विश्वका अन्य देशमा पनि पठाइएको छ । ३ सय करोडको लागतमा बनेको नयाँ प्लान्टमा ठूलो परिणाममका कोरोनाको खोप बनाउने योजना रहेको थियो ।

गतवर्ष केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले यस प्लान्टको उद्घाटन गरेका थिए । नयाँ प्लान्टबाट अहिलेसम्म खोप उत्पादन सुरु गरिएको थिएन । यहि प्लान्टबाट खोप उत्पाद सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्