थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि , ४ जना संक्रमितको मृत्यु

काठमाडौं, माघ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । २४ घण्टामा देशभर ५०३० जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।यसेबीच कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ ।

यसैबगरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् ।काठमाडौंमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थपिए छन् । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्