कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भयो :  प्रकाशशरण महत

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका सह-महामन्त्री प्रकासशरण महतले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं वडा नं ४ ले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेका नेता महतले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टलाई सरकारले बहुमत दिएको तर उनीहरुले त्यसलाई दुरुपयोग गरेर भ्रष्टचारमा लिप्त भएको आरोपसमेत लगाए । यस्ता भ्रष्टचारमा लिप्त रहेको कम्युनिष्टलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने  उनले बताए ।

यस्तै कार्यक्रममा  नेपाली कांग्रेसका काठमाडौ वडा नम्बर ४ का सभापति रामप्रसाद न्यौपानेले आगामी निर्वाचनामा कम्युनिष्टलाई भोट नहाल्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेसले देश भर संविधान विघठन विरुद्ध देशभर आयेजना गरेको विरोध कार्यक्रम अन्तर्गत काठमाडौ वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रमा बोल्दै सभापति न्यौपानेले यस्तो आग्रह गरेका हुन् ।

कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा भ्रष्टाचार गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न उनले आग्रह गरे ।

कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार आज प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार पोखरेल भ्रष्ट भएकाले जिम्मेवार भएर मतदान गर्न नागरिकलाई उनले सचेत गराए

 

पोखरेल वडा नम्बर ४ पनि समेटिएको काठमाडौं ५ बाट निर्वाचित भएका हुन् । विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताए । न्यौपानेले नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाए । उनले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे ।

नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै उनले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई समेत आग्रह गरे । आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै उनले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे । उनले कम्युनिष्टको यस्तै गतिविधि रहिरहने हो भने उ अब इतिहासमा सीमित हुने बताएका छन् ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटाले नेकपाले संविधानमाथि प्रहार गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताए । आफ्नै सांसद् धेरै भएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि घात गरेको उनको भनाई छ । काठमाडौं ५ को ९क० प्रदेशका सभापतिसमेत रहेका सापकोटाले हिजो केही ओला कि भनेर कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले निराश भएको टिप्पणी गरे ।

सापकोटाले कम्युनिष्टको सरकार इतिहासमै कलंकित र दुर्गन्धित भएको बताए । उनले सत्तामा पुगेर जनताको हित गर्छौं भन्ने कम्युनिष्टले आफ्नै मात्र हित गरेकाले उनीहरुको एजेण्डासमेत केही नभएको दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइले जनताले बनाएको संविधानमाथि केपी शर्मा ओलीले लत्याएको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्