संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर विरोध पर्दशन

काठमाडौं , माघ ८ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आज कांग्रेसले देशभर प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भएके भन्दै कांग्रेसले बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको हो ।

संसद विघटनविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्दैए आएको छ । आन्दोलित कांग्रेसल आज पनि ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

यसैबीच आन्दोलनको समीक्षा र नयाँ रणनीति तय गर्न कांग्रेसले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। दोस्रो चरणको विरोध कार्यक्रम सम्पन्न भएकोले अब आन्दोलनको नयाँ स्वरुप र कार्यक्रमबारे आन्तरिक गृहकार्य भइरहेको बताएको छ ।

आगामी केन्द्रीय समितिको बैठकले यसबारेमा ठोस् निर्णय लिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । आन्दोलनलाई निरन्तरता दिँदै आएपनि थप अदालतको निर्णय कांग्रेसले पर्खेको बताएको छ ।

यता कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आए पनि
रामचन्द्र पौडेल पक्ष आन्दोलन चर्काउने पक्षमा भए पनि सभापति शेरबहादुर देउवा आन्दोलन चर्काउने मुडमा छैनन्। अदालतको निर्णय स्वीकार्य हुने र चुनावका लागि पनि कांग्रेस तयार रहेको सभापति देउवालगायतका पार्टीका नेताहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्