नेप्से २३ सय ७४ अंकमा, सातामा ३४ अर्ब १६ करोडको कारोवार

काठमाडौ , माघ ९ । यो साता नेप्से २३ सय ७४ दसमलव ६४ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दसमलव ५९ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा यो साता दुई सय ११ वटा कम्पनीहरुको दुई लाख ७३ हजार ६३ पटकको कारोवारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय आठ वटा कम्पनीहरुको दुई लाख एक हजार सात सय ४३ पटकको कारोवारमा पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको थियो ।

नेप्से यो साता पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये तेस्रो दिन नेप्से घटेको थियो भने बाँकी दिन बढेको थियो । जसमध्ये पहिलो दिन आईतबार नेप्से २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव १७ अंकले बढेर चार सय ४३ दसमलव ४२ अंकमा पुगेको थियो ।

दोस्रो दिन पनि नेप्से १७ दसमलव ३१ अंकले बढेर दुई हजार तीन सय ३२ दसमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ दुई दसमलव १८ अंकले बढेर चार सय ४५ दसमलव ६० अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से पाँच दसमलव ५७ अंकले घटेर दुई हजार तीन सय २६ दसमलव ९० अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दसमलव ८५ अंकले घटेर चार सय ४२ दसमलव ८२ अंकमा पुगेको थियो ।

चौथो दिन भने नेप्से १५ दसमलव ८७ अंकले बढेर दुई हजार तीन सय ४२ दसमलव ७६ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव १८ अंकले बढेर चार सय ४३ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से ३१ दसमलव ८७ अंकले बढेर २३ सय ७४ दसमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव एक अंकले बढेर चार सय ४५ दसमलव ५९ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, प्रभु बैंक आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, प्रभु बैक, हिमालयन डिष्टिलरी प्रालि आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्