पिएम कप क्रिकेट : बागमती प्रदेशको लगातार तेस्रो जित

काठमाडौँ , माघ ९ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो । योसँगै बागमती प्रदेशले लगातार तेस्रो जित हासील गर्न सफल भएको हो ।

प्रदेश २ ले दिएको १८० रनको लक्ष्य पछाएको बागमतीले ४८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै प्रदेश २ ले ४८.२ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा तिनै खेलमा जित हासिल गरेको छ ।

त्यस्तै प्रदेश २ ले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पिएम कप अन्तर्गत भोली एपीएफ क्लब र कर्णाली प्रदेशबीच तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्