संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनमा जे देखियो (फोटोफिचर)

काठमाडौं, माघ ९ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध शक्ति प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाकाले विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए ।

काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको ¥यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका थिए। ¥यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका थिए। उनीहरुको नेतृत्वमा अघि बढिरहेको ¥यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका छन्।

जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको थियो । काठमाडौंमा विभिन्न स्थानबाट निकालिएको ¥याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई पुष्पकमल दाहाल, माधव कुमार नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । हेर्नुहोस् हामीले हाम्रो क्यामरामा कैद गरेका दृश्यहरु ।

 

 

प्रतिक्रिया दिनुहोस्