नेकपा प्रचण्ड–माधव समूहको स्थायी समितिको बैठक बस्दै

काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्धपछि उत्पन्न परिस्थितको बारेमा र थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बैठक बस्ने जानकारी दिए ।
शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्