हिमालयन बैंक र स्टर्न एजेन्सीबीच सहुलियत सवारी कर्जा सम्झौता

काठमाडौँ , माघ ११ । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

बैंक र सो कम्पनीबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन् ।

हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्