सबै नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउँछौं : अर्थमन्त्री पौडल

काठमाडौं, माघ ११ अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बताएका छन् । यसका लागि उनले सरकारले ४० अर्ब रुपैयाँ जुटाएको समेत जनाकारी दिएका छन्।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको सन्दर्भमा पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन सरकारले तयारी पुरा गरेको बताएका हुन् ।

अर्थमन्त्रालयले विदेशी दाताहरूसँग पहल गरेर ४० अर्ब जुटाएको र थप रकम जुटाउन समन्वय भइरहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि छलफल भइरहेको मन्त्री पौडेलले बताए।

मन्त्री पौडेलले आफ्नो ध्यान राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि गर्ने रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्