नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्सद्धारा एकीकृत कारोवार सुरु

काठमाडौ , माघ ११ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्स लिमिटेडले एकीकृत कारोवार सुरु गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई प्राप्ती गरी आईतबार देखि एकीकृत कारोवार सुरु गरेको हो ।

बैकका अनुसार संयुक्त कारोवार तीन शाखा बाट सञ्चालन गरिनेछ । घन्टाघर, बिर्तामोड र गाईघाट यी थप तीन शाखाहरूले ग्राहकहरूलाई गुणस्तरीय बैंकिंग सेवाहरू प्रदान गर्ने, बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ वटा शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरो मनी लगायतका अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्