प्रधानमन्त्री ओली भन्छन् -संसद विघटनको विरोध गर्नेहरु देश विरोधी , संविधान विरोधी र लोकतन्त्र विरोधी हुन्

काठमाडौं , माघ ११ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि अहिले देशमा यसका विरुद्ध आन्दोलन चर्कीएको छ । यो निर्णय आफुहरुले नमान्ने भन्दै नेकपाकै शिर्षनेताहरु सडकमा आएका छन् ।

अन्यदलले पनि विरोध जनाउँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको भनाइ रहेको छ । उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’

साथै ओलीले संसद अब पुर्नस्थापना नहुने दाबि गर्दै आएका छन् । उनले बैशाखमै चुनाव हुने ठोकुवा समेत गदै आएका छन् । संसद विघटनका विरुद्ध सर्वोच्चमा परेका दर्जनबढी रिटबारे सर्वोच्चको संवैधानिक इजलासमा गत आइतवारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्