प्रदेश १ का मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाडौं, माघ ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिवाह गरेका छन् ।

उनले आज प्रेमिका ज्याङ्मु शेर्पासँग काठमाण्डुको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका भोजपुरका मुख्यमन्त्री राईले आफूभन्दा दोब्बर कम उमेरकी संखुवासभाकी शेर्पासँग बिवाह गरेका हुन् ।

‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँगै समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्