नेप्सेमा उच्च बृद्धि : एकै दिन ९ अर्बको सेयर किनबेच

काठमाडौं , माघ ११ । नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन् ।

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ५० दसमलव दुई अंकले बढेर २४ सय २४ दसमलव ८४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५२ दसमलव छ बिन्दुमा चढेको छ ।

आज दुई सय सात वटा कम्पनीहरुको ७९ हजार चार सय ९८ पटकको कारोवारमा एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम रकम नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार दुई सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये ट्रेडिङ समुहको सुचक घटेको छ भने बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ३६ अंकले बढेर १७ सय ४५ दसमलव ४२ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ५१ दसमलव १३ अंकले बढेर १९ सय २९ दसमलव ४९ बिन्दुमा चढेको छ ।

बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि उच्च अंकले बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर सात सय ९२ रुपैयाँमा कारोवार भएको छ भने बढी आज बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९१ प्रतिसतले घटेर छ सय २७ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड ८२ लाख ७३ हजार एक सय ९५ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्