माघ १५ देखि पठनपाठन हुने

काठमाडौं, माघ ११ । हुम्लाका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ ।

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो ।

कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।

सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेदेखि पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्