प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजय

काठमाडौं , माघ ११ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजय भएको छ ।

आइतबार भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर–२ लाई ३ विकेटले हराउँदै विजय भएको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश–२ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि सन्जु धामीले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ८ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै, खड्क बोहोराले ४३ रन बनाउँदा गजेन्द्र बोहोराले ३९ रनको योगदान गरे ।

बलिङतर्फ प्रदेश–२ का लागि कुमार थापाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हरिशंकर शाहले दुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

प्रदेश–२ का लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६० रन बनाए । त्यस्तै, विवेक यादवले ४१ रन बनाउँदा मोहवुब आलमले २३ रन जोडे । यसअघिका तीन खेलमा सुदूरपश्चिम पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्