नेपालामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो , आज मात्रै थप ७ को मृत्यु

काठमाडौं, माघ ११ । नोपलमा कारोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै ज्यान जानेको संख्या २ हजार नाघेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्