प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ ।

वरिष्ठ अधिवक्ता कुमार प्रसाद आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका छन् । उनको मुद्दा दर्ता हुन बाँकी रहेको छ ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिले अदालत र इजलासको अवहेलना भएको ठहर गर्दै मुद्दा दर्ताका लागि निवेदन दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्