कोरोना प्रकोप : विश्वमा संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो, मृत्यु कति ?

काठमाडौँ , माघ १२ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ ।

सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ ।संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् ।

उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्