प्रधानमन्त्री ओलीको भिव्यक्ति अत्यन्तै आपत्तिजनक : कांग्रेस (विज्ञप्तीको पूर्ण पाठ)

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनि दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । काँग्रेसले आज एक विज्ञप्ती निकाल्दै कांग्रेसले प्रधानमन्त्री ओलीको भिव्यक्ति अत्यन्तै आपत्तिजनक जनाएका हो

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के।पी। शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’
विज्ञप्तीको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्