प्रशंसाको भोको र आलोचना सुन्नै नचाहने नेताको रुपमा चित्रण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रशंसाको भोको र आलोचना सुन्नै नचाहने नेताको रुपमा चित्रण गरेका छन् । आज आफू पक्षधर प्रदेश नम्बर २ का नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओली त प्रशंसाको भोको, आलोचना सुन्नै नचाहने मान्छे हो । उहाँ भन्नुहुन्छ मलाई राम्रो काम गर्न दिइएन । मेरा हात खुट्टा बाँधे । घेराबन्दी गरे । तर, हामीले राम्रो काम गर्न कहाँ रोकेका छौं रु राम्रो काम गर्नुस्, राम्रो काम गर्नुस् भनिरहेका छौं ।’

उनले आफूहरुले ओम्नी, यती प्रकरणजस्ता अनेक खालका भ्रष्टाचारजन्य कुराहरूको सन्दर्भमा सत्य, वास्तविकता के हो छलफल गरौं भनेर आवाज उठाएको पनि स्मरण गराए । तर, ती विषयमा प्रधानमन्त्री ओलीले छलफल नै गर्न नचाहेको उनको आरोप छ । उनले थपे,‘उहाँले छलफलै गर्न चाहनुभएन । अहिले त सबैतिरबाट केपी ओली एक्लिएका छन् । नागरिक समाज उनको साथमा छैनन् । मिडिया उनका पक्षमा छैनन् । पूर्व प्रधानन्यायाधीश उनका पक्षमा छैनन् । उनी पूरै एक्लिएका छन् ।’

उनले संविधानमा नै प्रतिनिधिसभा भंग गर्ने अधिकार नभएको जिकिर गरे । यस सम्बन्धमा सर्वोच्च अदालतका सम्मानित न्यायधिसले अन्यथा निर्णय नगर्ने पनि नेपालले विश्वास दिलाए । गरेको सहमति कार्यान्वयन नगर्ने अनि सहमति नै भएको छैन भन्ने ओलीको बानी रहेकोले आफू ओलीको बेईमानीसँग अभ्यस्त रहेको पनि नेता नेपालको भनाई छ । उनले ओलीभन्दा बेइमान मान्छे यो धर्तीमै अर्को कोही छैन भन्ने निश्कर्षमा पुगेको पनि सुनाए

प्रतिक्रिया दिनुहोस्