टुरिष्ट गाईड एशोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा नेपाल

काठमाडौं, १२ माघ । टुरिष्ट गाईडएशोसिएसन आफ नेपाल (टुर्गान) को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
संघीय राजधानी काठमाडौंमा सोमबार सम्पन्न साधारण सभाले सर्वसहमतीमा नयाँ कार्यसमिति चयन गरेको छ । सभाले पर्यटन व्यवसायी बद्री नेपालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्वितिय उपाध्यक्षमा शुकदेव सिग्देल, महासचिवमा कुमारी पुरी, सचिवमा अजय कुमार दाहाल र कोषाध्यक्षमा राजेन्द्र मानन्धर चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा दीपक गिरी, कृष्ण खरेल, माधव राज श्रेष्ठ, नारायण बुढाथोकी, रेहित कुमार फुँयाल र टंक प्रसाद दुवाडी रहेका छन् ।
सोहि कार्यक्रममा पर्यटन विकासमा उलेख्य योगदान गरेका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा व्यवसायी सतेन्द्र काजी श्रेष्ठ, रविन धरेल, सूर्यदिप श्रृेष्ठ, सुरेन्द्र लोहनी, बसन्त बहादुर श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, रमेश खतिवडा, उत्तरा मानन्धर, यादव खतिवडा, अनाल शर्मा डंगोल र शंकर भट्टराई लगायत रहेका छन् ।

कार्यक्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थानपन प्रतिष्ठनका निर्देशक दीपक कुमार थापा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल भिटोफ)का अध्यक्ष कमल सापकोटा, नेपाल पर्यटन वोर्डका सदस्य पम्फा धमला, नेपाल एशोसिएसन अफटुर एण्ड ट्राभल एजेन्टका (नाट्टा) अध्यक्ष अभ्च्युत गुरागाई, ट्रकिङ्ग एजेन्सिज एशोसिएसन आफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, ट्रकिङ्ग एजेन्सिज एशोसिएसन आफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजाल, ट्रकिङ्ग एजेन्सिज एशोसिएसन आफ नेपाल (टान) का नवराज दाहाल, प्रहरी उपरिक्ष, पर्यटन प्रहरुी इकाई प्रमुख विकास राज खनाल लगायतले पर्यटनको विकासको संभावना र चुनौतीका बारेमा आ–आफ्नो धाराणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्