काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं , माघ १३ । काठमाडौंको आजको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको काठमाडौंको तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको हो ।

काठमाडौंमा बिहान लागेको हुस्सु र कुहिरो घाम लागेपछि हट्दै जाने र दिउँसो मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ ।

तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण तापक्रममा गिरावट आएकाले चिसो बढ्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्