विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिकामा मात्रै ४ लाख ३५ हजार बढीको मृत्यु

काठमाडौं , माघ १५ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ ।

हालसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट संक्रमित भएका छन् । यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म चार लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएकोमा दुई लाख १८ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार १९ देशमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै छ ।सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्