१० लाख रुपैयाँ सहित विमानस्थलबाट एक युवक पक्राउ

काठमाडौं, माघ १८ । १० लाख रुपैयाँ सहित त्रिभुवन विमानस्थलबाट दुबई जान लागेका एक युवक पक्राउ परेका छन् ।

अवैध तरिकाले रकम विदेश लैजान लागेको अवस्थामा प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्की घर भएका आशिष खाती क्षेत्री रहेको प्रहरलिे जनाएको छ ।

उनी नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा चेकिङ गर्दा १० लाख रुपैयाँ फेला परेको थियो।

आशिषको कालो रङ्गको सुटकेसभित्र रकम फेला परेको हो । घटनाको थप अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्