महिला लिग फुटबलमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं, माघ १८ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को जित निकालेको हो । पुलिसलाई जित दिलाउन निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् ।

चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काईन् । जितसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्