आजको मौसमः तराईमा हुस्सु र कुहिरो , अन्य ठाउँमा कस्तो ?

काठमाडौं ,माघ १९ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज सोमबार बिहानैदेखि प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्