सुष्मा कार्कीमाथि कुटपिट तथा गालीगलौज , पुगिन् प्रहरीमा

काठमाडौं, माघ २०। अभिनेत्री तथा मोडल सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् ।

सुष्माले काठमाण्डौको लन्डन पब क्याफेमा नायिका श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको जनाएकी छन् ।

आफूमाथि दुव्र्यवहार भएको समयमा स्वेता र श्रीमान पनि साथमा रहेको उनको भनाई छ । यस विषयमा आफुले छिट्टै पुर्ण जानकारी गराउने अभिनेत्री कार्कीले बताइन् ।

यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यता कार्की बेलाबखत विवादमा आइरहन्छीन् । विभिन्न् विषयले उनलाई विवादमा ल्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्