यी व्यक्तिसँग विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडौं , माघ २० । पछिल्लो समय नेपाली कला क्षेत्रमा आवद्ध रहेका कलाकारहरु विवाह गर्ने क्रममै छन् । केहि समय अघिमात्रै नायिका स्वेता श्वेता खड्काले पनि धुमधाम बिहे गरेकी छन् । र अन्य कलाकार पनि बिहेको तयारीमा रहेको हल्ला भने बजारमा चलीरहेको छ ।

यसैबीच गायिका अञ्जु पन्त पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनको विवाह इलामका थिर कोइरालासँग हुने भएको छ । गायक तथा संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको १ दशकपछि गायिका पन्त विवाह गर्नका लागि राजी भएकी हुन् ।

आफुहरुबीच विवाह हुन लागेको उनका प्रेमी थिरले पुष्ट गरिसकेका छन् । आफुहरु विवाह बन्धनमा बाँधिने कुरा सत्य भएको तर तत्काल भने बिहे नहुने उनले जनाकारी दिए । विवाहको विषयमा दुवै जनाको परिवारमा कुराकानी समेत भइसकेको बताउँदै उनले विवाह करिव एकवर्ष भित्र हुने पनि बताए । अहिले थिर र अञ्जुबीच विवाह हुने विषय सामाजिक सञ्जालमा समेत चर्चा छ ।

यसरी चर्चा भइरहदा आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको थिरले बताए ।
करिब तीन वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका छन् । थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । थिर गीतकार हुन् ।

सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छिन् । उनकी छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छिन् । उनी छोरीले पनि पन्तलाई विवाह गर्नका लागि दबाब दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्